१९ पुस,काठमाडौँ। बुधबार दिउँसो देशको तीनवटा प्रदेशका हिमाली भूभागमा हिमपात हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
बुधबार रातको समयमा प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।