१८ पुस कालिकोट । रास्ट्रिय सहकारी बैंकको १९ औं साधारण सभाबाट कालिकोटका काली बहादुर महतारा संस्था लि .को कर्णाली प्रदेशको अध्यक्षमा विजय भएका छन् ।
सुर्खेतमा भएको बार्षिक साधारण सभाबाट उनी तेब्बर मतले विजय भएका छन् । उनले तिन हजार ३ सय ४५ मतका सात उनी विजय भएका छन् ।
उनका निकटतम प्रतिद्दन्दी सुर्खेतका विशाल केसीले १ हजार ५ सय ६ मत प्राप्त गरेका छन् केसीलाई महताराले १ हजार ८ सय ३९ मतान्तरले पराजय गराएका छन्।
विजय भए पछि महताराले भने अव रास्ट्रिय सहकारी बैंक लि.को सबै भन्दा पहिले कालिकोटमा शाखा स्थापना गर्ने बताएका छन् । सहकारीहरुलाई पहुँच वृद्धि र कर्जा लिन सहज हुने समेत बताएका छन्