१७ पुस, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य विमानस्थलको गेटनजिक आइतवार विस्फोट भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता अब्दुल नाफे तकूरका अनुसार, विस्फोटका कारण हताहती भएको छ । उनले हताहत भएका मानिसको यकिन संख्या बताएनन् ।
तर घटनामा १० जना मारिएको अलजजीराले अफगान स्रोतलाई उद्धृत गर्दै खबर दिएको छ ।
कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । तर इस्लामिक स्टेट खोरासान प्रभिन्सले यस्ता किसिमका आक्रमण गर्ने गरेको छ । सन् २०२३ मा अफगानिस्तानमा भएको यो पहिलो विस्फोट हो ।