१७ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसमा आइतबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले ‘फाउल’ खेल्नेलाई राजनीतिमा पनि रेडकार्ड दिइने बताए।
पाँचदलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको प्रसंगलाई उनले संकेत गर्दै उनले कांग्रेसप्रति टिप्पणी गरेका हुन्। ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन। एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गर्नुपर्छ । सफलताका लागि फल नगरी खेल्नुपर्छ’ ओलीले भने।
‘राजनीतिमा पनि फउल खेल्न हुँदैन। फउल खेल्यो भने एल्लो कार्ड, कहिलेकाहीँ त रेडकार्ड नै दिएर आउट गरिन्छ, सफल हुन अनुशासित भई निष्पक्ष तरिकाले खेल्नुपर्छ,’ उनले भने।
ओलीको प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने निर्णयले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संघदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको छ ।