१७ पुस,काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा १४ औं स्थायी कमिटी बैठक दोश्रो दिन पनि जारी छ ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुरु भएको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष जयन्ती राई,मुकुन्द न्यौपाने,प्रमेश हमाल,केशवलाल श्रेष्ठ,रामचन्द्र झा,धर्मनाथ साहको प्रमुख उपस्थिति रहेको छ ।
त्यस्तै,महासचिव वेदुराम भुसाल, प्रकाश ज्वाला,गंगालाल तुलाधार, विजय पौडेल,जगन्नाथ खतिवडा,रामकुमारी झाक्री, राजेन्द्र राई पनि बैठकमा सहभागी छन् । पूर्वमन्त्री तथा पार्टी सदस्य रामकुमारी झाँक्री,बाग्मती प्रदेशका खानेपानीमन्त्री वसन्तप्रसाद मानन्धरलगायत तीन दर्जन नेताले बैठकमा सहभागिता जनाएका छन् ।