समाचार

कस्तो छ तपाइँ आजको राशिफल

१८ मंसिर २०७८, शनिबार ०१:३५
कस्तो छ तपाइँ आजको राशिफल

शुभ रहोस्…..

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )- आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )- आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )- कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )- आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )- नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )- विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )- आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )- आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )- आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान र नयाँ कामको थालनी हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )- चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग रहेको छ । प्रेम प्रसंग या पारिवारिक सद्भाव बढ्नेछ

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )- आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक संस्थाबाट सहयोग पनि पाइनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्