१५ पुस, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहको टोलीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ दिएको छ ।
गृहमन्त्रीको शपथ लिएलगत्तै निर्मला पन्तको परिवारलाई न्याय दिलाउन पहल गर्ने निर्णय गरेका उनले शुक्रवार प्रहरी अधिकृतहरूसँग जानकारी लिएका हुन् ।
गृहमन्त्री रविले प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकहरूसहितको टोलीसँग निर्मला पन्तको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ लिएको गृहमन्त्रालयले जनाएको छ ।