जीवनशैली

होसियार ! तिते करेला खानुका अनेकौं बेफाइदा

१७ मंसिर २०७८, शुक्रबार १६:४५
होसियार ! तिते करेला खानुका अनेकौं बेफाइदा

काठमाडौं: करेलाको स्वाद तितो भएकै कारण केहिलाई यो साह्रै नमिठो लाग्दछ भने कतिपय मानिसलाई यहि स्वादका कारण करेला मन पर्दछ ।

तर स्वादमा तितो भएपनि करेला स्वास्थ्यका लागी भने निकै फाइदाजनक छ । करेलामा भिटामिन सी, भिटामिन बी १, बी २, बी ३ लगायतका भिटामिनहरु पाइन्छ । यस अलावा करेलामा प्रोटिन र क्याल्सियम पाइन्छ ।

साथै स्वास्थ्यको दृष्टिकोणमा समेत करेला फाइदाजनक मानिन्छ । तर अत्यधिक मात्रामा करेला सेवन गरेमा भने यसले बेफाइदा गर्दछ ।

करेलाको सेवनबाट हुने बेफाइदा :

  • गर्भावस्थाको समयमा अत्यधिक करेलाको सेवन गरेमा गर्भपतन हुने खतरा हुन्छ ।
  • अत्यधिक करेलाको सेवनले कलेजोमा एन्जाइम्सको वृद्धि हुने हुँदा कलेजोमा समस्या आउन सक्छ ।
  • अत्यधिक करेलाको जुस सेवनले कलेजो र मिर्गौलामा असर पर्दछ ।
  • रगतमा चिनीको मात्रा सन्तुलन गर्न करेला खानेहरुले मात्रा मिलाएर पिउनु पर्दछ । अन्यथा हानी हुनसक्छ ।
  • करेलाको जुसमा मोमोरडिका क्यारिन्टिया नामक तत्व पाइन्छ । यसको अत्यधिक सेवनले महिनावारी चक्र बढाउँछ ।मधुमेहको खतरादेखि अन्य स्वास्थ्य समस्यामा करेलाको प्रयोग गरिन्छ । तर अत्यधिक करेला सेवन गर्दा ‘साइड इफेक्ट’ हुन्छ ।
  • अत्यधिक करेला सेवन गर्दा हिमोलाइटिक एनिमिया हुने सम्भावना पनि बढ्छ । यस्तो अवस्थामा ज्वरो आउने, पेटमा दुखाई हुने, पखाला लाग्ने, टाउको दुख्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्