समाचार

थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृहमन्त्री लामिछानेसँग मेयर बालेनले मागे सहयोग

१४ पुष २०७९, बिहीबार ११:०२
थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृहमन्त्री लामिछानेसँग मेयर बालेनले मागे सहयोग

१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी हटाउन गृह मन्त्रालयसँग आवश्यक सहयोग मागेको छ ।

महानगरले थापाथलिस्थित वागमती नदी किनारमा अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन माग गरेको हो।

महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एव समन्वय गर्न अनुरोध गरेका छन्।

यसअघि काठमाडौं महानगरले थापाथलीको सुकुम्बासीबस्ती हटाउन डोजरै चलाएपछि दुई पक्षबीच तनाव उत्पन्न भएको थियो । तनावका बीच पनि महानगरले बलजफ्ती अनाधिकृत संरचना भत्काउन खोज्दा त्यहाँका स्थानीय भाला, खुकुरीसहित भौतिक आक्रमणमा उत्रिएका थिए । स्थानीय भौतिक आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।

स्थानीयको विरोध प्रदर्शनपछि महानगर चुपचाप थियो । तर, गृह मन्त्रालयमा रवि लामिछानेको प्रवेशसँगै महानगरका मेयर बालेन्द्र शाहले पत्रमार्फत नै थापाथलीको सुकुम्बासी बस्ती हटाउन आवश्यक सहयोग मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्