१४ पुस,काठमाडौँ। सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बैठक बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिएका छन्।
उक्त बैठकमा मन्त्रालय बाँडफाँट लगायतका विषयमा छलफल गरिने छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानन्त्रीमा नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता भएको छैन। हालसम्म एमालेबाट ४, माओवादीबाट १ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक जना मन्त्री भएका छन्।
प्रधानमन्त्री प्रचण्ड बालुवाटार सर्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो खुमलटार पुगेका थिए। खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच साढे २ घन्टाभन्दा बढी छलफल भएको थियो।
सो छलफलपछि संचारकर्मीसँग कुरा गर्दै मल्लले बिहीबार पुनः बालुवाटारमा छलफल हुने बताएका थिए। सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुबीच आज छलफल हुने मल्ले बताएका छन्।
आजको बैठकबाट मन्त्रालय भागवण्डा लगायतका विषयमा छलफल हुने उनले बताए। साथै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने बताइएको छ।