समाचार

कर्णालीको संसदीय दलको नेतामा राजकुमार शर्मा चयन

१४ पुष २०७९, बिहीबार ०३:४५
कर्णालीको संसदीय दलको नेतामा राजकुमार शर्मा चयन

१४ पुस, सुर्खेत।नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् ।  नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बसेको बैठकले शर्मालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।

अध्यक्ष केसीले भनिन्, “दल नेतामा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसीको पनि दाबी रहेको थियो । हिजो र आज बसेको प्रदेश समितिको बैठकमा वृहत छलफलपछि उहाँलाई सर्वसम्मत रुपमा दलको नेता बनाइएको हो ।”

दलको नेतामा निर्वाचित शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०७४ मा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख भएर काम गरिसकेका उनले पार्टीको जिल्ला इञ्चार्ज, प्रदेश अध्यक्ष हुँदै हाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्