१३ पुस, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले बुधबार संसदीय दलको नेता चयन गर्दै छ। यसका लागि दिउँसो २:३० देखि ३:३० बजेसम्म मतदान हुनेछ।
यसअघि बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय छुट्याइएको छ। यस्तै, १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १ः३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय तोकिएको गरिएको छ।
मतरिणाम बुधबार नै सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ। जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठबन गरिसकेको छ। संसदीय दल निर्वाचन समिति सदस्यमा अर्जुन थापा र दीपेन्द्र झा छन्।
संसदीय दलको नेताका लागि नेताहरू अशोककुमार राई र राजकिशोर यादवले इच्छा व्यक्त गरेका छन्।जसपामा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ पाँच गरी १२ सांसद् छन्। पार्टी अध्यक्ष उपेन्द्र यादव यसपटक सांसद छैनन्। उनलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले १७ हजार ६३ मतान्तरले पराजित गरेका थिए।