जीवनशैली

प्याज किन खाने, यस्ता छन १० फाइदा

१७ मंसिर २०७८, शुक्रबार १५:५३
प्याज किन खाने, यस्ता छन १० फाइदा

काठमाडौं: हाम्रो दैनिक खानपानमा प्याजको महत्वपूर्ण हिस्सा हुन्छ । खानाको स्वाद बढाउनको लागि प्याज जरुरी हुन्छ तर प्याजले स्वाद मात्र बढाउदैन । साथै प्याज आफ्नो राम्रो गुणहरुले गर्दा अझ बढी बिशेष छ ।

विश्वका प्राय सबै भान्सामा प्याजको प्रयोग हुन्छ । तर कतिपयले यसको गन्धका कारण यसको सेवनबाट हच्किने गर्दछन् । तर प्याज सेवनका फाइदा भने अनगिन्ती छन् ।

प्याज स्वादिलो र राम्रो तरकारी मात्र होइन, अति राम्रो औषधि पनि हो । प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी) समेत पर्याप्त मात्रामा हुन्छ । यसका साथै प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट पनि हुन्छ ।

  • प्याजलाई जीवाणुरोधी, तनावरोधी, पीडानाशक समेत मानिन्छ ।
  • प्याजको सेवनले राम्रो निन्द्रा पर्ने जनविश्वास समेत छ ।
  • यसको सेवनले मधुमेह, पत्थरी र वाथमा समेत उपयोगी मानिन्छ ।
  • रुघाखोकी र कफको समस्यामा प्याज धेरै लाभदायक मानिन्छ । यस्तो बेला प्याज सेवन गर्दा धेरै आराम मिल्छ ।
  • प्याज रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा समेत कमी ल्याउँछ ।
  • यसमा हुने एन्टिब्याक्टेरियल र एन्टिफंगल गुणले संक्रमणको जोखिमक कम गर्दछ ।
  • यसको सेवन अजीर्ण, खाना नरुच्ने, नपच्ने र झाडापखालामा पनि उपयोगी हुन्छ ।
  • चिकित्सकका अनुसार प्याजको नियमित सेवने ग्यास्ट्रिक, अल्सरबाट हुनबाट बचाउँछ ।
  • यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम हुन्छ ।
  • प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्