समाचार

कांग्रेस सांसद गुरुङ निलम्बित, एमालेका कोइरीबारे सचिवालयले निर्णय लिन सकेन

१२ पुष २०७९, मंगलवार १२:३८
कांग्रेस सांसद गुरुङ निलम्बित, एमालेका कोइरीबारे सचिवालयले निर्णय लिन सकेन

१२ पुस, मनाङ । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित टेकबहादुर गुरुङ निलम्बित भएका छन्। संसद सचिवालयले उनी निलम्बित भएको सूचना मंगलबार जारी गरेको छ।

उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको जानकारी गराउँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्राचार गरेपछि सचिवालयले गुरुङ निलम्बित भएको सूचना मंगलबार सार्वजनिक गरेको हो।

गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रको आधारमा समेत उनी निलम्बनमा परेको जनाएका छन् ।
 उनले  सूचनामा भनेका छन्–‘प्रतिनिधि सभाका सदस्य सार्वजनिक पद धारण गरेको व्यक्ति र राष्ट्रसेवक रहेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ (घ) ले स्पष्ट पारेको अवस्था छ अतः प्रतिनिधि सभाका सदस्य टेक बहादुर गुरुङ उपरको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकोमा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि उक्त आयोगबाट मिति २०७९/९/८ मा निर्णय भएको व्यहोरा उल्लेख गरि आयोगको प.सं. ०७९ /०८०, च नं.२७८२७, मिति २०७९/०९/०८ को पत्र यस सचिवालयमा प्राप्त हुन आएकोले प्रतिनिधि सभाका माननीय सदस्य श्री टेक बहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम मिति २०७९/०९/०८ देखि स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ ।’

गुरुङ र महतो दुवैले पुस ७ गते संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएर शपथ ग्रहण गरेका छन्।

महोत्तरी जिल्ला अदालतले महतोलाई ०७६ असोज २ गते १ लाख धरौटीमामा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा जनकपुर उच्च अदाललते उल्ट्उँदै उनलाई मुद्दा किनारा नलाग्दासम्म थुनामै राख्न र जिल्ला अदालतको आदेश कार्यान्वयन नगर्न भनेको थियो।

त्यसपछि उनी पक्राउ परेका छैनन्। प्रहरीको रेकर्डअनुसार उनी फरार अभियुक्त हुन्।

प्रतिक्रिया दिनुहोस्