समाचार

नागरिकता पासपोर्ट छानबिनमा हस्तक्षेप गर्दिनँ: गृहमन्त्री लामिछाने

११ पुष २०७९, सोमबार १२:१३
नागरिकता पासपोर्ट छानबिनमा हस्तक्षेप गर्दिनँ: गृहमन्त्री लामिछाने

११ पुस, काठमाडौँ। गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकताको विषयमा छानबिन गर्न राज्यका सबै निकाय स्वतन्त्र रहेको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने बताएका हुन्।

लामिछानेले खारेज भइसकेको नागरिकताका आधारमा उम्मेदवारी दिएर जितेको र एकैपटक नेपाल तथा अमेरिकाको नागरिकता लिएको विषयमा गृह मातहतकै निकायले छानिबन गरिहेका छन्।

अपराध अनुसन्धान महाशाखले उनको पासपोर्टबारे सुक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरुले उनलाई गृहमन्त्री बनाएका हुन्। पदभार ग्रहण गर्दै उनले भने, ‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन।’

प्रतिक्रिया दिनुहोस्