समाचार

उपचारकै क्रममा निधन

१७ मंसिर २०७८, शुक्रबार १५:११
उपचारकै क्रममा निधन

ताप्लेजुङ: ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा घाइते भएका दुई जनाको ज्यान गएको छ ।

आज भएको दुर्घटनामा परी घाइते भएका चार जनामध्ये सिरीजङ्घा–३ का २५ वर्षीय बसन्त लिम्बू र सोही स्थानका १५ वर्षीय समीर लिम्बूको उपचारका क्रममा निधन भएको हो ।

वसन्त लिम्बूको धरानस्थित घोपा क्याम्पमा र समीरको सिरीजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा साँझ निधन भएको हो । अन्य दुईको भने उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार सिरीजङ्घा गाउँपालिकामै घर भएका चालक अमिन लिम्बूको धरान र सुसन लिम्बूको तेल्लोकमा उपचार भइरहेको छ । आज सिरीजङ्घामा पर्ने ओरक्पाबाट बोखिमतर्फ गोलिया बोकेर जाने क्रममा मे १ त ६८९३ नम्बरको ट्र्याक्टर अचानक सडकबाट २०० मिटरतल झरेको थियो ।

घाइते भएका सबै ट्याक्टरमा सवार थिए । दुर्घटनाको कारण खुलेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्