११ पुस, काठमाडौँ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्।
प्रचण्डसँगै आच चार जना मन्त्रीले शपथ लिने तयारी गरेको छ। एमालेले पहिलो चरणमा उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने भएको छ। पौडेललाई उपप्रधानसहित गृह वा अर्थमध्ये मन्त्रालय दिने तयारी गरेको छ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि आजै शपथ लिने तयारी रहेको छ।
प्रचण्ड गठबन्धन सरकारमा एमालेले ८ मन्त्रालय लिने भएको छ। यसैगरी माओवादीले प्रधानमन्त्रीसहित ६ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्रालय, जसपाले एक राज्यसहित ३ मन्त्रालय, राप्रपाले एक राज्यसहित ३ मन्त्रालय र जनमत पार्टीले एक राज्यसहित २ मन्त्रालय लिने गठबन्धनमा मोटामोटी सहमति भएको बताइएको छ। यता नागरिक उन्मुक्ति पार्टीबाट पनि सरकारमा सहभागी हुने नहुनेबारे छलफल चलाइरहेको छ।