समाचार

ओलीलाई फोन गरेर देउवाले भने : धेरै पार्टीमा पदहरू बाँड्नुपर्छ, कांग्रेस र एमाले मिलौँ

१० पुष २०७९, आईतवार १०:४७
ओलीलाई फोन गरेर देउवाले भने : धेरै पार्टीमा पदहरू बाँड्नुपर्छ, कांग्रेस र एमाले मिलौँ

१० पुस, काठमाडौँ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

ओली निवास बालकोटमा नयाँ समीकरणका लागि प्रयास भइरहँदा देउवाले फोन गरेर सहकार्यको प्रस्ताव गरेका हुन् ।’धेरै पार्टी पदहरू बाँड्नुपर्छ, कांग्रेस र एमाले मिलौं भनेर देउवाले फोन गर्नुभएको हो,’ बालकोट स्रोतले भन्यो ।

पहिलो कार्यकालको प्रधानमन्त्री को बन्ने भन्नेमा सहमति नजुटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन तोडेर बालकोट पुगेका छन् ।

ओली निवास बालकोटमा नयाँ समीकरणका लागि प्रयास भइरहँदा देउवाले फोन गरेर ‘धेरै पार्टीमा पदहरू बाँड्नुपर्छ, कांग्रेस र एमाले मिलौँ भनेर देउवाले फोन गर्नुभएको’ बालकोट स्रोतले दाबी गरेकाे छ ।

बालकोटमा एमाले, माओवादी, राप्रपा, जसपा र जनमत पार्टीका नेताहरूबीच द्विपक्षीय तथा सामूहिक छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्