समाचार

देउवाको दूत बनेर निधि बालकोटमा

९ पुष २०७९, शनिबार १६:०५
देउवाको दूत बनेर निधि बालकोटमा

९ पुस, काठमाडौं। बालुवाटारमा सत्ता गठबन्धनको सहमति नभएपछि नेपाली कांग्रेसले नेकपा एमालेसँग सम्वाद अगाडि बढाएको छ।

गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई बालकोट पठाएका छन्।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकरात्मक नभएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटका लागि बालकोट पठाएका छन् । निधि देउवाको दूत बनेर अहिले बालकोट पुगिसकेका छन् । निधि र ओलीबीच छलफलसमेत भएको छ । तर, के कुरा भयो भन्नेबारे भने केही खुलेको छैन ।

गठबन्धनको बैठकअगाडि माओवादी अध्यक्ष प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई प्रधानमन्त्री देउलाई भेट्न पठाएका थिए। पुनले प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन तोड्ने चेतावनी दिएका थिए। माओवादीको यो दाबीपछि कांग्रेसले एमालेसँग समान्तान्तर छलफलm अघि बढाएको छ। राष्ट्रपति विधादेवी भण्डारीले सरकार गठनका लागि यसअघि सात दिनको समय दिएकी थिइन्। उक्त मिति आइतबार सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्