समाचार

प्रचण्डले प्रधानमन्त्रीको अडान छाडेनन्, देउवा तयार भएनन्

९ पुष २०७९, शनिबार ०२:२२
प्रचण्डले प्रधानमन्त्रीको अडान छाडेनन्, देउवा तयार भएनन्

९ पुस, काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय सकिन एक दिनमात्रै बाँकी रहँदा सत्ता गठबन्धनमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे अझै सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्रीको पहिलो कार्यकालको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र दुबैको दाबी रहँदा पटक पटकको छलफलमा सहमति जुट्न नसकेको हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा दावी नगर्न नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आलोपालो प्रधानमन्त्री हुने र दोस्रो कार्यकाल प्रचण्डलाई छोड्नेगरी सर्त अघि सारेका छन् ।

तर, प्रचण्डले भने ‘पहिलो कार्यकाल आफैं प्रधानमन्त्री हुनुपर्ने’ पुरानै अडान दोहोर्याएपछि कुरा मिल्न नसकेको स्रोत बताउँछ । पछिल्ला केही दिनदेखि देउवा र प्रचण्डबीच प्रधानमन्त्री विषयमा लगातार छलफल जारी रहे पनि ‘पहिलो कार्यकाल को प्रधानमन्त्री हुने रु’ भन्नेमा विवाद हुँदै आएको छ । सोही कारण ‘प्रधानमन्त्री’ विषय पेचिलो बन्दै गएको छ ।

संसदीय दलको नेता निर्वाचित भएकोमा ‘बधाई’ दिन बिहीबार बालुवाटार पुगेका नेपाल समाजवादी पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईसँगको भेटमा समेत कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अहिले कांग्रेसले प्रधानमन्त्री छाड्न सक्ने अवस्था नरहेकाले प्रचण्डलाई सम्झाइदिन’ आग्रह गरेका थिए ।

पार्टीको हैसियतले कांग्रेसकै नेतृत्व हुनुपर्ने दाबी गर्दै आएका छन् ।  अब शनिबार पुनः बैठक बसेर सहमति जुटाउन प्रयास गरिने बालुवाटार स्रोतले जनाएको छ । सरकारको नेतृत्वबाहेक अन्य महत्वपूर्ण पदहरुमा पनि गठबन्धनमा सहमति जुट्न सकेको छैन । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आइतबार पुस १० गते सकिँदैछ ।  यहीबीचमा नेकपा एमालेले पनि गठबन्धन भत्काएर सरकार बनाउने आफ्नो रणनीतिक योजनालाई निरन्तरता दिइरहेको छ । त्यसका लागि एमालेका नेताहरुले निरन्तररुपमा छलफल गरिरहेका छन् ।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ । आज अपराह्न ३ बजेको समयमा फ्लाई दुबइमार्फत नेपाल आएका सुडानी नागरिक २७ वर्षीय मोहम्मद अहमद डफल्ला सराफेल्डिन सुनसहित पक्राउ परेका भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्