९ पुस, काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता करण राई बनेका छन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका हुन् ।
फिनालेमा राजु लामाको टिमबाट करन राईसहित प्रमोद खरेलको टिमबाट योगेश मगर, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु उपाधिका लागि भिडेका थिए। तर, राईले बढी भोट पाउँ विजेता बन्न सफल भए।
टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शककाे भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।