समाचार

सौतेलो आमाले विष खुवाई छोराको हत्या, महिला भारतबाट पक्राउ

१७ मंसिर २०७८, शुक्रबार ११:४३
सौतेलो आमाले विष खुवाई छोराको हत्या, महिला भारतबाट पक्राउ

कैलाली: सौतेलो छोरालाई बिषादी खुवाई हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका २ घर भएकी ३५ बर्षिय महिला पक्राउ परेकी छिन।

कैलाली धनगढी उपमहानगरपालिका २ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनीमाथि आफ्नो छोरा नाता पर्ने १० वर्षका बालक निशान्त थापामगरलाई विषादी खुुवाएर हत्या गरेको आरोप लागेको छ ।

उनका आफन्तले उक्त डेरा कोठामा बालकको खुट्टामात्र अगाडिको झ्यालबाट देखिएको र कोठामा कोही नभएको भनी प्रहरी कार्यालयमा जानकारी गराएपछि खटिएको प्रहरीले हेर्दा मागीका सौताको छोरा धनगढी उपमहानगरपालिका २ स्थित हिमालय एकेडमीमा अध्ययनरत १० वर्षीय निशान्त थापामगरको शव फेला परेको थियो ।

निशान्त मागीका श्रीमान बहादुर रोकायाका कान्छी श्रीमती निर्मलाका छोरा हुन् । बालकको मृत्युपछि आफ्ना १४ वर्षकी छोरी र ८ वर्षका छोरालाई लिएर भारततर्फ जाँदै गरेकी उनलाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमानबीच वादविवाद र झैझगडा भएको रिसले मागीले गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दुधमा बिषादी मिसाई खुवाएकी थिइन् ।

थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्