७ पुस, काठमाडौं। प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन्दरीजल पुगेर विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्र्यापण गरेका छन् ।
शर्मासँगै सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार पनि सुन्दरीजल पुगेका छन् । उनीहरू पनि सांसदको शपथ गरेपछि बिपीको शालिकमा माल्यार्पण गर्न गएका हुन् ।