समाचार

माओवादी संसदीय दलको नेतामा प्रचण्ड

७ पुष २०७९, बिहीबार ११:१५
माओवादी संसदीय दलको नेतामा प्रचण्ड

७ पुस, काठमाडौं।  नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकबाट प्रचण्ड सर्वसम्मत दलको नेता चयन भएका हुन् । दलको प्रमुख सचेतकमा हितराज पाण्डे चुनिएका छन् । यस्तै राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन्।

यसैबीच  माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता, सचेतक र उपनेता चयन गरेको हो ।  बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्