कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित पाँच जनाको संवैधानिक इजलासमा बुधबार पेशी तोकिएको हो।
रिट सुनुवाइको १४औं नम्बरमा पर्दा बुधबार सुनुवाइ हुने सम्भावना भने न्यून देखिन्छ। चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता निस्क्रिय रहेकाले उनको उम्मेदवारीदेखि दलको सभापति पदसमेत अवैध भएको दाबी गर्दै युवराज पौडेलहितका ३ जनाले छुट्टाछुट्टै २ रिट दायर गरेका थिए।