कोइराला पार्टीको १४औँ महाधिवेशनमा इतर पक्षबाट सभापतिका उम्मेदवार थिए। उनी पराजित हुँदा त्यही प्यानलबाट थापाले महामन्त्रीचुनिएका थिए।
५ पुस, काठमाडौँ । संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन कांग्रेस संस्थापन इतर पक्षको बैठक बसिरहेको छ ।
पार्टीका महामन्त्री गगनकुमार थापा र नेता डा शेखर कोइरालाबीच संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध को उठ्ने भन्ने टुंगो लगाउन बैठक बसिरहेको हो ।
बैठक आज बिहान ८ बजेदेखि काठमाडौंको एक होटलमा बसिरहेको छ । दुवै नेता आ आफ्नो अडानमा रहेकोले सहमति जुटाउन इतरपक्षलाई सकस भइरहेको छ ।
कोइराला पार्टीको १४औँ महाधिवेशनमा इतर पक्षबाट सभापतिका उम्मेदवार थिए। उनी पराजित हुँदा त्यही प्यानलबाट थापाले महामन्त्रीचुनिएका थिए।