समाचार

नगर उप-प्रमुख आकाशले भने रुवाबाँसी गरेर जागिर पाइदैन्

३ पुष २०७९, आईतवार ०४:२७
नगर उप-प्रमुख आकाशले भने रुवाबाँसी गरेर जागिर पाइदैन्

३ पुस, कालिकोट । नगरपालिकालाई ठगेर, नियम विपरीत र मनपरी रुपमा तलब खाने प्रवृत्तिकोको बिरुद्ध आफुले  कदम चालिएको नगर उप-प्रमुख गणेश बहादुर शाही(आकाश)ले बताएका छन् ।

हामीले केहि दिन अघि खाँडाचक्र नगरपालिकाले एक विज्ञप्ति सार्वजनिक गरेर करार कर्मचारीको कार्यकाल सकिएको जनाएको थियौं। तर अहिले कोहि कोहि कर्मचारीले संघीय मामिला मन्त्रालय को परिपत्रकै आधारमा हटाउन मिल्दैन भनेर रुवाबासी गरेका छन । हामी स्थानीय सरकार हो ।

यो परिपत्र को बिफरित काम गरेका होइनौ । शसर्त अनुदानमा तलब भत्ता खाने गरि योग्य कर्मचारी ब्यवस्थापन गर्न लागेका हौ । शसर्त अनुदानको उचित सदुपयोग गर्न खोजेका हौ । यो अनुदान रोक्न खोजेका होइनौं । राज्यलाइ ठगेर तलब पकाउने , अनुशासनहिन काम गर्ने लाई बिस्थापन गर्न खोजेका हौ ।

 उप-प्रमुख आकाशले आफ्नो फेसबुकमा लेखेका छन्”

खाँडाचक्र नगरपालिका मा सबै सेवाका ( सुचना मा तोकियका साझेदारी ससर्त अनुदानका समेत )कर्मचारी लाई हटाउने निर्णय सबैको लागि न्यायोचित छ । यसको मुल मर्म भनेको कर्मचारीको बैज्ञानि ब्यवस्थापन गर्नु हो ।
साझेदारीमा शशर्त अनुदान मा तलब खाने कर्मचारीहरुले राज्य तथा नगरपालिका लाई ठगेर , अनुशासनहिन रुपमा तलब खाने काम नगर्ने प्रवृत्तिको अन्त्यको लागि यो कदम चालिएको हो । र चाहिने भन्दा तथा दरबन्दी भन्दा बढी कर्मचारीहरु कटौती गरि राज्यकोशको सदुपयोग गर्नु नै हो ।
सबै ले ३५ दिने सूचनालाई इमानदार कार्यन्वयन गरि समृद्ध नगरपालिका निर्माणमा सहयोग गर्नुको बिकल्प छैन । सम्पुर्ण करार सेवाका कर्मचारीहरुको करार सम्झौता रद्द भैसकेको अवस्थामा ३५ दिन भित्र बिधि प्रक्रिया पूरा गरेर आवस्यक कर्मचारी भर्ना गर्ने र आर्थिक कोषको पुनराबृती गरेर सबै लाई न्यायोचित तरिकाले ब्यवस्थापन गरिने छ ।
कोहि कोहि कर्मचारी ले संघीय मामिला मन्त्रालय को परिपत्र कै आधारमा हटाउन मिल्दैन भनेर रुवाबासी गरेका छन । हामी स्थानीय सरकार हो । यो परिपत्र को बिफरित काम गरेका होइनौ । शसर्त अनुदानमा तलब भत्ता खाने गरि योग्य कर्मचारी ब्यवस्थापन गर्न लागेका हौ । शसर्त अनुदानको उचित सदुपयोग गर्न खोजेका हौ । यो अनुदान रोक्न खोजेका होइनौं । राज्यलाइ ठगेर तलब पकाउने , अनुशासनहिन काम गर्ने लाई बिस्थापन गर्न खोजेका हौ ।
३५ दिने सुचना भै सकेपछि जवरजस्ती नगरपालिकामा काम गर्न खोज्ने , हाजिर लगाउन खोज्ने वा कोहि मनपरी रुपमा काम गरिरहेका छन भने तेसको जिम्मेवारी नगरपालिकाले तथा कार्यपालिका ले लिन नसक्ने कुरा जानकारी गर्दोछु । कोहि नगरपालिकाका जन प्रतिनिधि तथा कर्मचारीले कोहि कसै लाई नगरपालिकाको काममा लगायका छन भने स्वयं आफै जिम्मेवार हुनु पर्ने तथा काममा लगाउने जनप्रतिनिधि वा कर्मचारी ले त्यसको जिम्मेवारी लिनु पर्ने छ ,।
त्यस्ता कर्मचारी हरुको तलब भत्ता निकासा नहुने कुरा जानकारी गर्दोछु । आ ब २०७९ मा विज्ञापनद्वारा पदपूर्ति भयका करार कर्मचारीको हकमा पुन बिज्ञान हुने छैन । पछि पुन करार सम्झौता गरि निरन्तरता दिइने छ । सबै करारका कर्मचारीले बिरोधका अनुचित काम नगरी अब हुने बिज्ञानको लागि तयारी गर्ने र आफ्नो क्षमता प्रस्तुत गरि फेरि योग्यता अनुसारको जागिर खान तयारी गरौ । यो राजनितिक आस्थाको आधारमा भन्दा पनि सक्षम कर्मचारी पदपूर्ति गरि नगरको बिकास गर्नु नै हो । र नगर लाई परेको आर्थिक संकट लाई न्युनिकरण गर्नु हो । कोहि कसैले बिरोध नगरी नगरको समृद्धि को यात्रामा साथ दिन हुन सबैमा अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्