२ पुस, काठमाडौँ । कालिकोटको विकास र समृद्धिको लागि सबै युवा एकजुट हुनुपर्ने संसद यसुदा न्यौपाने(पुर्णिमा)ले बताएकी छन् ।
आज काठमाडौँमा कालिकोट-काठमाडौँ सम्पर्क समन्वय समितले आयोजना गरेको बधाईज्ञापन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै संसद न्यौपानेले कालिकोटको विकास र निकासको लागि सवै युवा एकजुट हुनुपर्ने बताएकी छन् ।
आफ्नो व्यक्तिगत स्वार्थ, नातावाद कृपावाद भन्दा पर रही जुन किसिमले मलाई विश्वास गरेर मलाई नयाँ जिम्मेवारी दिनु भएको छ । यसको पूर्ण निष्ठावान भएर काम गर्ने समेत बताएकी छन् ।
यो भन्दा पहिला मलाई पार्टीको जिम्मेवारी थियो भने नयाँ जिम्मेवारी थपिएको छ । यसबाट म कतै विचलित नभई चाहे संसद भवनमा बोल्नेमा होला, विकास निर्माण कार्यमा, स्वास्थ्य, शिक्षालगायत विषयमा सधै खरो बोल्ने छु ।
नेता बनिसकेपछि निश्चित मान्छेले मात्र स्वार्थ लिने गरेका छन् । यसको अन्त्य गर्ने समेत प्रतिबद्धता जाहेर गरेकी छन् ।