समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

१७ मंसिर २०७८, शुक्रबार ०६:५५
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं:  राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको हो ।

तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा  सात हजार ६३ जना  परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९ छ ।

कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो भने बोर्डले उत्तरपुस्तिका परीक्षण गरेको हो । गत वर्ष विद्यालयले नै उत्तरपुस्तिका परीक्षण गर्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको थियो । गतवर्षको तुलनामा उक्त संख्या घटेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका ।

https://neb.ntc.net.np/ मा हेर्न सकिने छ  ।

प्रतिक्रिया दिनुहोस्