२५ मंसिर, जाजरकोट। जाजरकोटमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। एक जना गम्भीर घाइते छन्।
छेडागाड नगरपालिका–४ भीरपाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उद्धार गरिँदैछ।
यस्तै, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ।
यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। छेडागाड नगरपालिका–२ का जयनाथ अधिकारी गम्भीर घाइते भएका छन्।
सोमबार दिउँसो कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना परेको हो। मध्यपहाडी सडकखण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने मध्यपहाडी सडकखण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा जीप दुर्घटनामा परेको हो। जीप सडकबाट २०० मिटर तल खसेको छ।