समाचार

रवि लामिछाने नेतृत्वको रास्वपाले छान्यो १३ जना समानुपातिक सांसद [सूचीसहित]

२४ मंसिर २०७९, शनिबार १०:३५
रवि लामिछाने नेतृत्वको रास्वपाले छान्यो १३ जना समानुपातिक सांसद [सूचीसहित]

२४ मंसिर, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् ।

पार्टीका एक नेताका अनुसार बैठकले १३ जनाको नामावली टुङ्गो लगाएसँगै सूची बुझाउन  प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू सूची बोकेर आयोग पुगेका हुन् ।

पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले बन्द सूचीको वरियतामा कुनै पनि छेड छाड नगरीकन नाम सिफारिस गरिएको बताए ।

केही बेरमा पार्टीले पारित गरेको नाम निर्वाचन आयोगलाई बुझाउने उनले जानकारी दिए । रास्वपाका १३ जना समानुपातिक सांसद यस प्रकार छन्:

खस आर्यबाट

  • डा. चन्दा कार्की
  • डोलप्रसाद अर्याल
  • निशा डाँगी
  • विनीता कठायत

दलितबाट

  • सन्तोष परियार
  • शिव नेपाली

आदिवासी/जनजातिबाट

  • डा. ढाकाकुमार श्रेष्ठ
  • इन्दिरा रानामगर
  • सुमना श्रेष्ठ

मधेशीबाट

  • लक्ष्मी तिवारी
  • मनिष झा

थारुबाट

  • अशोककुमार चौधरी

मुस्लिमबाट

  • असिम शाह

प्रतिक्रिया दिनुहोस्