खेलकुद

विश्वकप फुटबल : क्वाटरफाइनलको अन्तिम दुई खेल आज

२४ मंसिर २०७९, शनिबार ०४:०१
विश्वकप फुटबल : क्वाटरफाइनलको अन्तिम दुई खेल आज

२४ मंसिर, काठमाडौँ। कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज दुई खेल हुँदैछन्। आज क्वाटरफाइनलको अन्तिम दुई खेल हुने भएका हुन्।

पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

दुवै टोली आज जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । शनिबार राति ८:४५ बजे देखि हुने पहिलो खेलमा मोरक्को र पोर्चुगल भिड्दैछन्।

यी दुई देशबीचको खेल अल थुमामा स्टेडियममा हुनेछ। यस्तै अर्को खेल राति १२:४५ बजे फ्रान्स र इंग्ल्याण्डबीच हुँदैछ। यी दुईबीचक खेल अल बाषत स्टेडियममा हुनेछ।

आजको खेलबाट दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। मोरक्कोले अन्तिम १६ मा पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने पोर्चुगलले स्विट्जरल्याण्डलाई हराएको थियो।

प्रतिक्रिया दिनुहोस्