समाचार

यी हुन् नागरिक उन्मुक्ति पार्टीका समानुपातिकतर्फ ५ प्रदेश सांसद

२३ मंसिर २०७९, शुक्रबार १५:४८
यी हुन् नागरिक उन्मुक्ति पार्टीका समानुपातिकतर्फ ५ प्रदेश सांसद

२३ मंसिर, काठमाडौं ।नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको हो ।

 काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो । केन्द्रीय प्रवक्ता दामोदर पण्डितका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनीमा २–२ जना र मधेस प्रदेशमा १ जनाको नाम छनोट गरिएको हो ।

पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुंग्याइएको छ । लुम्बिनी प्रदेश सभा सदस्यका लागि रेणुका चौधरी र निर्मला चौधरीको तथा मधेश प्रदेश सभा सदस्यका लागि रामचन्द्र चौधरी छनोट भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ भने प्रदेशतर्फ ७ सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्