समाचार

कांग्रेसले बनाउने समानुपातिक ३२ जनाको नाम बाहिरियो [सूचीसहित]

२३ मंसिर २०७९, शुक्रबार १४:५४
कांग्रेसले बनाउने समानुपातिक ३२ जनाको नाम बाहिरियो [सूचीसहित]

२३ मंसिर, काठमाडौं । समानुपातिक सांसद चयन गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ ।

निर्वाचन आयोगले तीन दिनको समय दिएर पत्र पठाएकामा अधिकांश दलहरुले शनिबार समानुपातिकतर्फको नाम टुङ्गो लगाउन शनिबार बैठक बस्न लागेको हो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा क–कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले प्रतिनिधि सभातर्फ ३२ जनाको नाम पठाउनु पर्नेमा यी हुन् बाहिरिएका नाम ।

जसमा २९ महिला र ३ जना पुरुष हुन् ।
खस आर्यबाट १० जना
प्रकाशशरण महत
अम्बिका बस्नेत
सरिता प्रसाई
आरजु राणा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाण
रमा कोइराला
कान्तिका सेजुवाल
मैना रावल (पिछडिएको क्षेत्र)

आदिवासी जनजातिबाट ९ जना
गोपालमान श्रेष्ठ
सरस्वती वजियम
लिलादेवी वोखिम
सिताकुमारी राना
सुशिला तामाङ
सपना राजभण्डारी
माया राई
कुसुम थापामगर
मनोरमा शेरचन

दलित ५ जना
शान्ती विक
रुपा विक
सीता मिजार
आशा विक
विष्णुमाया परियार

मधेसी ५ जना
विमलेन्द्र निधी
नागिना यादव
मुक्ताकुमारी यादव
चन्दा चौधरी
संगीता मण्डल

थारु २ जना
कल्पना चौधरी
विनाकुमारी थनेत

मुस्लिम १ जना
जावेदा खातुन

प्रतिक्रिया दिनुहोस्