खेलकुद

नेपाललाई नामिबियाले २७६ रनकाे लक्ष्य दियाे

२१ मंसिर २०७९, बुधबार ११:५१
नेपाललाई नामिबियाले २७६ रनकाे लक्ष्य दियाे

२१ मंसिर, काठमाडौं। आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपाललाई दुई सय ७६ रनकाे लक्ष्य दिएकाे छ ।

टर हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो । उसका लागि तेस्रो क्रमका ब्याटर माइकल भान लिङ्गेनको ११५ रनको शतकीय पारी खेले । उनले १११ बल खेल्दै १५ चौका र १ छक्का प्रहार गरे ।

नामिबियाका लागि माइकल भान लिन्गेनले शतकीय पारी खेले । उनले एक सय ११ बलमा १५ चाैका र एक छक्का प्रहार गर्दै एक सय १९ रन बनाए । यस्तै गेरहार्ड इरासमसले ५३ र जान निकाेल लाेफ्टी एटनले ४० रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए ।

नामिबियामा भइरहेको यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्