२० मंसिर, सुर्खेत । कर्णाली प्रदेशसभामा दलहरुले समानुपातिक सांसद बन्नेको नामावली सार्वजनिक गरेको ।
जसमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद बन्नेमा लक्ष्मी सुनार, जानकी सिंह, विजया बुढा, इन्द्रा शाही र बलिमाया बुढा रहेका छन् । यस्तै माओवादीले यशोदा न्यौपाने, उर्मिला विश्वकर्मा,, मिलन खड्का रोका, जुम्कित लामा कार्कीलाई समानुपातिक सांसद बनाउने बनाउने तयारी गरेको छ ।
यस्तै नेकपा एकिकृत समाजवादीले बसन्त कुमार विश्वकर्मालाई समानुपातिक सांसद बनाउने तयारी छ । यस्तै नेकपा एमालेबाट गमता विश्वकर्मा, दक्षिणा शाही, नन्दा गुरुङ, बालाराम शर्मा र शान्तिलाल महत छन् ।
यस्तै राप्रपाले सन्तोषी शाहीलाई सांसद बनाउने भएको छ । दलहरुले यो सूचि निर्वाचन आयोगमा बुझाउने तयारी गरेका छन् । यद्यपी नेता तथा कार्यकर्ताको दबाब थपिने भएकाले सूचि बुझाउन केही समय लाग्ने सम्भावना पनि छ ।
समानुपातिकतर्फ समावेशी कोटा अन्तर्गत ४ जना दलित, १० जना खस आर्य र २ जना जनजाती महिला गरेर १६ जना सांसद बन्नेछन् ।