१९ मंसिर , कालिकोट । कालिकोटमा पहिलो पटक नगर प्रहरी राख्ने भएको छ ।
स्थानीय सरकार सञ्चालन भएको झण्डै छ वर्षा वर्षपछि कालिकोटको रास्कोट नगरपालिकाले नगर प्रहरी भर्ना गर्न थालेको छ । कालिकोटमा रास्कोट नगरपालिकाले पहिलो पटक १५ जनाले नगर प्रहरीको भर्ना खुलाएको छ।
जसमा ८ जना खुल्ला, ३ जना महिला, २ जना दलित र २ जना सहित तथा बेपत्ता परिवार गरि १५ जनाको भर्ना खुलाएको छ। सूचनामा निम्न मापदण्ड तोकिएको छ । जसमा १८ वर्ष देखि ४० वर्ष नकाटेको, ५ फित २ इन्च उचाई भएको ५० केजी तौल भएको लगायतका मापदण्ड तोकिएको छ ।
बढ्दो शहरीकरण सँगै बढेका चोरी डकैतीका घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षालाई मजबुद बनाउन नगर प्रहरी भर्ना गर्न थालिएको नगर प्रमुख धर्मराज शाही (पोषणले बताएका छन् ।