समाचार

दोलखाको मतगणना रोचक मोडमा, दुवै पक्ष आशावादी

१८ मंसिर २०७९, आईतवार १२:२३
दोलखाको मतगणना रोचक मोडमा, दुवै पक्ष आशावादी

१८ मंसिर, दोलखा । प्रतिनिधि सभा सदस्यका लागि दोलखामा भइरहेको मतगणना रोमाञ्चक मोडमा पुगेको छ । शुक्रबारदेखि सुरु भएको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका थिए ।

मतगणनाको दुई दिनसम्म अग्रता लिएका कार्की हिजो शनिवार रातिदेखि भने पछि परेका छन् । तर अहिले भने एमालेका शिवाकोटीभन्दा माओवादीका कार्की दुई सय ६९ मतले अघि छन् ।

माओवादीको प्रभाव क्षेत्र गौरीशंकर गाउँपालिकाको मत गणना हुँदा कार्कीले शिवाकोटीसँगको मतान्तर १ हजार ४३८ सम्म पुर्‍याएका थिए । तर कालिञ्चोक गाउँपालिका र जिरी नगरपालिकाको मत गन्दा शिवाकोटीले मतान्तर घटाउँदै ल्याए ।

कालिञ्चोक गणना सकिँदा शिवाकोटीको कुल मत ६ हजार ७०० र कार्कीको ७ हजार ९९५ थियो । कार्की शिवाकोटी भन्दा १ हजार २९५ मतले अगाडि थिए ।

प्रतिक्रिया दिनुहोस्