१७ मंसिर, काठमाडौं। नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । माओवादीले यो निर्णय गरेसँगै सरकार गठनका लागि नयाँ समीकरण बन्ने सम्भावनाको ढोका खुलेको छ ।
निबार बसेको माओवादी पदाधिकारी बैठकले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने बताए । माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनको सबै विकल्प खुल्ला रहेको उनको प्रतिक्रिया छ ।
केही दिन अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए । त्यसबेला ओलीले बसेर छलफल गर्ने प्रस्ताव गरेका थिए । ओलीको यो प्रस्तावपछि माओवादीभित्र सरकार निर्माणका लागि एमालेसँग सहकार्य गर्नुपर्ने विषयमा बहस सुरु भएको छ ।