समाचार

स्याङ्जा २ मा धनराजले अग्रता बढाउँदै, कसको कति मत ?

१५ मंसिर २०७९, बिहीबार ०५:२२
स्याङ्जा २ मा धनराजले अग्रता बढाउँदै, कसको कति मत ?

१५ मंसिर, स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर बढाएका छन् । उनले नेकपा नेकपा (एमाले) की पद्मा कुमारी अर्यालसँगको मतान्तर बढाएका हुन् ।

पछिल्लो मत परिणामअनुसार अर्यालभन्दा गुरुङ १ हजार १ सय ३५ मतले अगाडि छन् । अहिलेसम्म कांग्रेसका गुरुङले ४ हजार ५९० मत पाएका छन् ।

त्यस्तै, एमालेकी अर्यालले ३ हजार ४५५ मत ल्याएकी छन् । स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार २१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्