समाचार

सर्वदलीय बैठकमा एमाले अनुुपस्थित

१४ मंसिर २०७९, बुधबार १४:४७
सर्वदलीय बैठकमा एमाले अनुुपस्थित

१४ मंसिर, धनगढी । बाजुरामा झडपका कारण रोकिएको मतगणना पुन: सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि बुधबार अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएको छैन ।

आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलीय बैठक बोलाए पनि नेकपा एमाले उपस्थित नभएपछि बैठक निष्कर्षबिहीन भएको छ ।

उनका अनुसार बिहीबार बिहान ७ बजे पुुनः बैठक राख्ने र एमालेलाई उपस्थितिका लागि फेरि आह्वान गर्ने निर्णय भएको छ । नेकपा एमालेले भने चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता काँसी बिकले बताए ।

एमाले बाजुराले भने चेतन ऐडीको हत्यामा संलग्न पक्राउ गर्नुपर्ने, ऐडीको न्याय माग्दै शान्तिपुर्ण आन्दोलनका बेला गिरफ्तार भएकालाई निसर्त रिहा गर्नुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्