१४ मङ्सिर, सुनसरी । सुनसरी ४ मा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र्रबहादुर कार्की र एमालेका उम्मेदवार जगदिश कुसियैतबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार कार्कीले मतान्तर बढाएका छन् । यसअघि ७३ मतको अन्तर रहेकोमा अहिले मतान्तर ९० पुगेको छ ।
७५,२३८ मतगणना हुँदा कार्कीले २८०२५ मतका साथ अग्रता लिइरहेका छन् भने एमालेका कुसियैतले २७,९३५ मतका साथ पछ्याइरहेका छन् । यहाँ ८१,१९१ मत खसेको थियो । अझै ५९५३ मतगणना हुन बाँकी छ ।