१४ मङ्सिर, काठमाडौं । स्याङ्जा–२ मा मतगणनाको तयारी शुरू गरिएको छ ।
निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
यस क्षेत्रबाट नेकपा एमालेबाट पद्मा अर्याल, नेपाली कांग्रेसबाट धनराज गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ उम्मेदवार छन्।
नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदान माग गरेको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो ।