राजनीति

कालिकोटबाट माओवादीका महेन्द्र बहादुर शाही निर्वाचित

९ मंसिर २०७९, शुक्रबार १२:३७
कालिकोटबाट माओवादीका महेन्द्र बहादुर शाही निर्वाचित

९ मङ्सिर, सुर्खेत। कालिकोटबाट माओवादी केन्द्रका महेन्द्र बहादुर शाही फराकिलो मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

एमालेका उम्मेदवार नगेन्द्र शाहीलाई ८ हजार ६५ मतान्तरले पराजित गर्दै महेन्द्र ब. शाही निर्वाचित भएका हुन् । महेन्द्र ब. शाहीले २४ हजार ४सय ७४ मत पाउँदा एमालेका नगेन्द्र शाहीलाईले १६ हजार ४ सय १० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय कालिकोटले जनाएको छ ।

महेन्द्र शाही यो सहित तिन पटक संसद भएका छन् । उनले २०७०, ०७४ र ०७९ गरी संसदीय चुनावमा निर्वाचित भएका छन् । उनी  कर्णालीका पहिलो मुख्यमन्त्री समेत हुन् ।

May be an image of 3 people, people sitting and people standing

 त्यस्तै प्रदेश सभा (क)मा नेकपा माओवादीका माओवादीका दुर्ग बहादुर रावलले विजयी भएका छन् । रावलले ९ हजार ११ मत ल्याएका थिए भने नेकपा एमालेका कुर्मराज शाहीले ७ हजार ९ सय ५२ मत ल्याएका छन् । रावलले शाहीलाई १ हजार ५३ मतले पराजित गरेका छन् ।

त्यस्तै प्रदेश सभा (ख)मा नेपाली काँग्रेसका हिक्मत बहादुर बिस्टले १३ हजार ७ सय ८३मतका साथ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्