९ मङ्सिर, सुर्खेत। हुम्लाको प्रदेश सभा (क)मा माओवादी केन्दका रणसिंह परियारले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार १४ हजार ४ सय ४६ मतगणना गन्दा प्रदेश सभा तर्फ परियारले ६ हजर ४ सय ८१ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार मंगल ब. शाही (जेव्रा) ४ हजार ६ सय ३० मत पाएका छन् ।
परियारलाई शाहीले १ हजार ८ सय ५१ मतले पछ्याइरहेका छन् ।
त्यस्तै नेकपा एमालेका दल फडेरा २ हजर ९९ मत पाएका छन् । एकीकृत समाजवादीका हस्त ब. शाहीले ७ सय ८८ मत पाएका छन् ।