८ मङ्सिर, सुर्खेत। कालिकोटका माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीले फराकिलो मतान्तरले अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ महेन्द्र शाहीले १३ हजर १ सय ४४ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका नगेन्द्र शाही १० हजार ४ सय ७४ मत पाएका छन् । महेन्द्रलाई नगेन्द्रले २ हजार ६ सय ७० मले पछ्याइरहेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका धनबहादुर बुढाले १ हजार ४० मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीका खड्गराज शाहीले भने ९ सय ८६ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार काशीचन्द्र बरालले ५ सय १५ मत ल्याएका छन् ।