समाचार

हुम्ला प्रदेश सभामा माओवादी केन्दका रणसिंह परियारको फराकिलो अग्रता

८ मंसिर २०७९, बिहीबार १५:१७
हुम्ला प्रदेश सभामा माओवादी केन्दका रणसिंह परियारको फराकिलो अग्रता

८ मङ्सिर, सुर्खेत। हुम्लाको प्रदेश सभा (क)मा माओवादी केन्दका रणसिंह परियारले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार ताजकोट, अदानचुली,चंखेली गरि तिन गाउँपालिका ९ हजार ९ सय २ मतगणना गन्दा प्रदेश सभा तर्फ परियारले ४ हजर ६ सय ४६ मतका साथ अग्रता कायम राखेका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका दल फडेरा १ हजर ६ सय ९९  मत पाएका छन् । परियारलाई फडेराले ३ हजार २७ मतले पछ्याइरहेका छन् ।

त्यस्तै एकीकृत समाजवादीका  हस्त ब. शाहीले ६ सय ४८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार मंगल ब. शाही (जेव्रा)२ हजार ७९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्