७ मङ्सिर, सुर्खेत। कालिकोटको माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीले अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ महेन्द्र शाहीले ५ हजर १ सय ३८ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका नगेन्द्र शाही ४ हजार ६ सय ५४ मत पाएका छन् । महेन्द्रलाई नगेन्द्रले ४ सय ८४ मले पछ्याइरहेका छन् ।
त्यस्तै प्रदेश (क ) तर्फ माओवादी केन्दका दुर्ग बहादुर रावलले ५ हजार ४५ मतका साथ अग्रता कायम राखेका छन् भने नेकपा एमाले कुर्मराज शाही ४ हजार ६५ मतका पाएका छन् । रावललाई शाही ३ सय ८० मले पछ्याइरहेका छन् ।