जीवनशैली

कागती पानी पिउनुका आश्चर्यजनक फाइदाहरु

१६ मंसिर २०७८, बिहीबार १५:०४
कागती पानी पिउनुका आश्चर्यजनक फाइदाहरु

काठमाडौं:  कागती भिटामिन सीको स्रोत हो भने पानी हाम्रो जीवन हो । जब दुवै बस्तु हामीले मिलाएर सेवन गर्छौं भने नसोचेको फाइदा हामीले लिन सक्नेछौं ।

आजको लेखमा यसका फाइदाहरु के कस्ता छन् भन्नेबारे प्रकाश पार्नेछौं । सरीरको वजन कम गर्ने वा सरीरबाट विषाक्त पदार्थ निष्कासन गर्नमा सहयोग गर्ने हुनाले कागती पानी अर्थात हट लेमन खाने बानी धेरैको हुन्छ ।

कतिपयले अलिक बढि नै कागती पानी पिउने गरेको पाइन्छ र जति धेरै खायो उति नै फाइदा हुन्छ भन्ने मानसिकता रहेको पनि पाइन्छ । तर धेरै खाएमा गुड पनि तितो हुन्छ भ । धेरै कागतीपानी खानुका फाइदा यस्ता छन् :

  • कागतिमा प्रसस्त पाईने भिटामिन ‘सी’ ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउदछ ।
  • कागती स्वादमा अमिलो भएपनि यो क्षरिय बर्गको फलफुल हो। कागती पानी को नियमित सेवनले शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।
  • कागतीमा पेक्टिन फाइबर धेरै हुने भएकाले ठुलो(आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्दछ। कागतीमा शक्तिशाली एन्टिब्याक्टेरियल गुण पनि छ ।
  • बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विजातीय द्रव्य निष्काशनमा सहयोग पुग्छ ।
  • कागती पानीले पाचन क्रियालाइ पनि मजवुत वनाउन सहयोग गर्दछ ।
  • कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत हो ।

प्रतिक्रिया दिनुहोस्