५ मङ्सिर, झापा। झापा क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले अग्रता लिएका छन् ।
८ हजार ५८ मत गणना हुँदा ओलीले ४ हजार १ सय ८१ मत ल्याएका छन् । सत्ता गठबन्धन कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी अधिकारीले २ हजार १९ मत मात्र पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ओलीले गठबन्धन कांग्रेसका अधिकारीलाई २ हजार १ सय ६२ मतान्तरले पछि पारेका छन् ।